बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सुजुकी : जिम्नी र फ्रोन्क्सले खिचेको उपभोक्ताको ध्यान

सुजुकीको एसयूभी रेन्ज नै प्रदर्शनीमा 

बिहीबार , भदौ २८ २०८०
नाडामा सुजुकी : जिम्नी र फ्रोन्क्सले खिचेको उपभोक्ताको ध्यान

त्यस्तै सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ। सुजुकीका जिम्नी र फ्रोन्क्स प्रति अटो शो अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको छ। 

काठमाडौं- नाडा अटो शोको आज तेस्रो दिन। तीन वर्षपछि भएको अटो शोमा अवलोकनकर्ताको उपस्थिति बढ्दै गएको छ। नाडा अटो शो २०२३ मा सुजुकीले जिम्नी र फ्रोन्क्सलाई उच्च प्राथमिकताका साथ प्रदर्शनीका लागि राखेको छ। 

त्यस्तै सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ। सुजुकीका जिम्नी र फ्रोन्क्सले अटो शो अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको छ। आकर्षक क्लासिक डिजाइनमा सीजी मोटोकर्पले सुजुकीको स्टल बनाएको छ। कम्पनीले स्टलमा सोहीअनुसार विभिन्न मोडलका कार प्लेसमेन्ट गरेको छ।

सुजुकीका जिम्नी, फ्रोन्क्स, नयाँ ब्रेजा र ग्रान्ड भिटारा प्रदर्शनीका लागि राखिएको छ। सीजी मोटोकर्पले सुजुकीका सबै एसयूभी सेगमेन्टका सवारीको लाइनअपलाई प्राथमिकता दिएको हो। 

सीजी मोटोकर्पले एसयूभी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ र फोन्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रूपैयाँ रहेको छ। यी दुई एसयूभी केही महिनाअघिमात्र नेपाली बजारमा भित्रिएका थिए। त्यस्तै नयाँ ब्रेजा र ग्रान्ड भिटारा गएको फागुनमा नेपाल आएको थियो। 

suzuki nada (2).jpg

सुजुकी जिम्नी दुई भेरियन्ट जिटाको ५९ लाख ९९ हजार र अल्फाको मूल्य ६४ लाख ४९ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै सुजुकी फोन्क्स तीन भेरियन्टमा उपलब्ध छ। फोन्क्स सिग्माको मूल्य ३९ लाख ९९ हजार, डेल्टाको ४१ लख ९९ हजार र डेल्टा प्लसको ४२ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

खाल्डाखुल्डीयुक्त बाटो तथा उपभोक्ताको एसयूभी सेगमेन्टका सवारीमा रुची बढ्दै गएकाले सीजी मोटोकर्पले सुजुकीले उत्पादन गरेका नयाँ नयाँ एसयूभी नेपाली उपभोक्तामाझ ल्याइरहेको हो। फागुनमा सीजी मोटोकर्पले नयाँ ब्रेजा र ग्रान्ड भिटारा सार्वजनिक गरेको थियो भने केही महिनाअघि एकैसाथ दुई नयाँ एसयूभी फ्रोन्क्स र जिम्नी ल्याएको हो। 

suzuki nada (3).jpg

सीजी मोटोकर्पले ‘अटिमेट अफ रोड’ एसयूभीका रुपमा सुजुकी जिम्नी बजारमा ल्याएको हो। आकर्षक डिजाइन र विशेषतायुक्त यो एसयूभी उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीको थियो। यो भृकुटिमण्डपमा जारी नाडा अटो शोमा जिम्नी, फोन्क्स, नयाँ ब्रोजा तथा ग्रान्ड भिटाराले उपभोक्ताको ध्यान खिचेबाट प्रष्ट हुन्छ। 

त्यस्तै सीजी मोटोपर्कले सुजुकीका अन्य मोडल स्वीफ्ट, डिजायर, अल्टो, इको, इर्टिगालगायन उपलब्ध गराउँदै आएको छ। देशभर बलियो बिक्री तथा सर्भिस नेटवर्कका कारण सुजुकीका कार नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएको छ। 

suzuki nada (4).jpg
suzuki nada (5).jpg
suzuki nada (6).jpg
suzuki nada (7).jpg
suzuki nada (8).jpg


प्रकाशित : बिहीबार , भदौ २८ २०८००६:२२
  • सम्बन्धित विषय:

  • # suzuki
  • # cgmotorcorp
  • # jimny
  • # brezza
  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend