बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एआईका लागि रेफ्री चाहिएको छ : एलन मस्क 

बिहीबार , भदौ २८ २०८०
एआईका लागि रेफ्री चाहिएको छ : एलन मस्क 

छलफलका क्रममा अर्बपति तथा एक्सका सञ्चालक एलन मस्कले एआईका लागि सरकार रेफ्रीको भूमिका रहनुपर्ने सूजाव दिएका हुन्।

काठमाडौं- अमेरिकन प्रविधि कम्पनीका प्रमुख कार्यकारीहरूले आर्टिफिसियल इन्टेलिजेन्सलाई नियमन गर्नुपर्ने सुझाव दिएका छन्। अमेरिकी विधायकहरूसँगको छलफलमा उनीहरूले उदीयमान प्रविधिको सदुपयोगका लागि सरकारले नजिकबाट हेर्नुपर्ने सुझाव दिएका हुन्। 

विश्वव्यापी रुपमा प्रविधिको साम्राज्य खडा गरेका अमेरिकी प्रविधि कम्पनीका प्रमुखहरूले सांसदहरूलाई एआईलाई मानवीय उपयोगका लागि सुरक्षित प्रयोग गर्नेतर्फ नियमन हुनुपर्ने सुझाव दिएका हुन्। 

पछिल्लो समय ओपन एआईले च्याटजीपीटी सार्वजनिक गरेपछि यसको जोखिम बढेको धेरैले बताएका छन्। चीनले जेनेरेटिभ एआईलाई नियमनका लागि प्रक्रिया अघि बढाइसकेको छ। यस्तोमा अमेरिकी सांसदहरूले पनि चासो दिएका छन्। 

छलफलका क्रममा अर्बपति तथा एक्सका सञ्चालक एलन मस्कले एआईका लागि सरकार रेफ्रीको भूमिका रहनुपर्ने सूजाव दिएका हुन्।

सुरक्षित एआईको प्रयोगका लागि नियमन हुनुपर्ने मस्कको सुझाव छ। 

‘हामीलाई रेफ्रीको आवश्यकता छ’, उनले भनेका छन्, ‘सर्वसाधारणको हितका लागि एआईको प्रयोगका लागि कम्तिमा नियमन आवश्यक छ, सिभलाइजेसनको भविष्यका लागि पनि यसको नियमन आवश्यक देखिएको छ।’ 

त्यस्तै मेटाका संस्थापक मार्क जुकरवर्गले पनि उदीयमान प्रविधिका रुपमा रहेको जेनेरेटिभ एआईलाई सन्तुलित नियमन गर्न आवश्यक भएको सुझाव दिएका थिए। 

पछिल्लो समय उदाएको प्रविधिले स्थापित प्रविधि कम्पनीको दबदबामाथि नै चुनौति दिएको छ। यसरी आफ्नो अस्तित्वमै चुनौति दिएपछि कम्पनीहरू पनि प्रविधिको नियमन गर्नुपर्ने भन्न थालेका छन्। 


प्रकाशित : बिहीबार , भदौ २८ २०८००४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend