बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा निटा : निटा यूमा आकर्षण, सीजीले खुलायो बुकिङ, मूल्य ५२ लाखबाट सुरु

बिहीबार , भदौ २८ २०८०
नाडामा निटा : निटा यूमा आकर्षण, सीजीले खुलायो बुकिङ, मूल्य ५२ लाखबाट सुरु

कम्पनीका अनुसार नाडाबाट यूको बुकिङ खुला गरिएको र आगामी बैशाखमा निटा यू नेपाली बजारमा सार्वजनिक गरिनेछ। 

काठमाडौं- गएको मंगलबारदेखि सुरु भएको 'नाडा अटो शो २०२३' काठमाडौंको भृकुटीमण्डपमा जारी छ। नाडामा सीजी मोटर्सले निटा ब्रान्डका भी, यू, एस र जीटी प्रदर्शनीका लागि राखेको छ। 

नाडा अटो शोमा सीजी मोटर्सले निटा ब्रान्डका लागि आकर्षक स्टल बनाएको छ। अटो शो जानेहरूको ध्यान खिच्नेगरी निटाको स्टलमा विद्युतीय कार राखिएका छन्। विश्वस्तरीय विद्युतीय कार जीटी, एस, यू र निटा भीले धेरैलाई निटाको स्टलमा अड्याउन मद्दत गरेको छ। 

सीजी मोटर्सले प्रदर्शनी प्रयोजनका लागि ल्याएको जीटी, एस र यूमा उपभोक्ताको आकर्षण उल्लेख्य रहेको छ। निटा जीटी र एस तत्कालै नेपाल आउने छैनन्। तर प्रदर्शनीमा राखिएको निटा यू भने छिट्टै नेपाली बजार आउने भएको छ। 

त्यसैले नाडा अटो शो २०२३ बाटै सीजी मोटर्सले निटा यूको बुकिङ खुला गरेको हो। कम्पनीका अनुसार नाडाबाट यूको बुकिङ खुला गरिएको र आगामी बैशाखमा निटा यू नेपाली बजारमा सार्वजनिक गरिनेछ। 

NEta V cG (3).jpg

निटाले ल्याएका तीन वटै मोडल लेफ्टह्याण्ड ड्राइभ गाडी हुन्। कम्पनीले ल्याएको निटा यू आगामी बैशाखसम्ममा राइटह्यान्ड ड्राइभमा नेपाल आउने तय भएको कम्पनीले जनाएको छ। अहिले राइट ह्यान्ड ड्राइभमा उत्पादन नभएको कारण कम्पनीले बिक्रीका लागि नभइ प्रदर्शनी प्रयोजनका लागि लेफ्टह्यान्ड ड्राइभ निटा यू नेपाल ल्याएको हो।  

निटाले नेपाल ल्याएको अन्य दुई मोडल एस र जीटी तत्काल नेपालमा बिक्रीका लागि आउने छैनन्। यद्यपी निटाले ल्याएका दुवै कार नाडा अटो शो २०२३ को मुख्य आकर्षण भने बनेका छन्। निटाका सबै विद्युतीय कार नै हुन्। पूर्ण विद्युतीय प्लेटफर्ममा बनेका निटाका कार आकर्षक र उच्च प्रविधियुक्त छन्। 

NEta V cG (5).jpg

निटा भी नेपाली बजारमा भित्रिएको डेढ वर्षमा उल्लेख्य संख्यामा बिक्री भएको छ। होजोन अटोको सबब्रान्ड निटाको भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। प्योर ईभी प्लेटफर्ममा बनेको निटा भीमा आकर्षक विशेषताहरूका कारण धेरैको रोजाइमा परिरहेको छ। 

त्यस्तै सीजी मोटर्सले निटाको अर्को मोडल यू अटो शोमा सार्वजनिक गरेर बुकिङ खुलाएको छ। निटा यू ४ सय किलोमिटर, ५ सय किलोमिटर र ६ सय किलोमिटर रेन्ज अप्सनमा उपलब्ध हुनेछ। 

निटा यूको नेपाली बजारमा सुरुवाती मूल्य ५२ लाख रुपैयाँ हुनेछ। त्यस्तै ६ सय किलोमिटर रेन्ज खिने हाइइन्ड निटा यूको मूल्य ७० लाख रुपैयाँसम्म हुने अनुमान गरिएको कम्पनीले जनाएको छ। 

NEta V cG (2).jpg
NEta V cG (6).jpg

NEta V cG (4).jpg

NEta V cG (7).jpg


प्रकाशित : बिहीबार , भदौ २८ २०८०००:५३
  • सम्बन्धित विषय:

  • # nada
  • # nada auto show2023
  • # neta
  • # netaV
  • # cgmotor
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend