मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी आइएमई पेले ल्यायो नयाँ अफर

बुधबार, भदौ २७ २०८०
बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी आइएमई पेले ल्यायो नयाँ अफर

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले बुवाको मुख हेर्ने दिन लक्षित नयाँ अफर सार्वजनिक गरेको छ।

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले बुवाको मुख हेर्ने दिन लक्षित नयाँ अफर सार्वजनिक गरेको छ।आइएमई पेले 'मेमोरिज विथ फादर : सेयर दि जोय' अफर सार्वजनिक गरेको हो।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने 'बुवाको मुख हेर्ने दिन' सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #बाबारम पनि राखेर पोस्ट गर्नुपर्नेछ।

सो कमेन्टहरू मध्ये सबैभन्दा उत्कृष्ट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई ह्युमन फिटको ५ हजार रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend