मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

बुधबार, भदौ २७ २०८०
सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस, बिजेता अटो पार्टस, कालीदेवी सेतीदेवी मोटर पार्टस र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

काठमाडौं- सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टबीच टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सिप्रदीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिकका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस, बिजेता अटो पार्टस, कालीदेवी सेतीदेवी मोटर पार्टस र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन्। यो सफ्टवेयर खुद्रा बिक्रेताहरुका लागि व्यापार वृद्धि र व्यवस्थापनको लागि माइलस्टोन हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend