बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर प्राइज सार्वजनिक

बुधबार, भदौ २७ २०८०
हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर प्राइज सार्वजनिक

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना छठ पर्वसम्म लागु हुनेछ।  

काठमाडौं- हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइटअन्तर्गत बम्पर प्रराइज रहेको हुन्डाई एसयूभीलाई सार्वजनिक गरेको छ। नाडा अटो शो २०२३ को पहिलो दिन आफ्नो स्टल बी५ मा अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरिएको हो।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। फेष्टिभ डिलाइट २०८० योजनाअन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्सटर प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी५ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सकिन्छ। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना छठ पर्वसम्म लागु हुनेछ।  


प्रकाशित : बुधबार, भदौ २७ २०८००७:४३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend