बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक

बुधबार, भदौ २७ २०८०
नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक

यसका १५ सिटे भ्यानको मूल्य ८२ लाख ९९ हजार र १८ सिटे भ्यानको मूल्य ८६ लाख ९९ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ। 

काठमाडौं- नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शोमा फोर्स आरबानीया सार्वजनिक गरेको छ। भारतमा अत्याधिक माग रहेको फोर्सको अरबानीया सार्वजनिक तथा बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ।

यस भ्यान नेपालमा आयातित माइक्रोबसहरु मध्येमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधासम्पन्न रहेको कम्पनीले जनाएको छ। यो भ्यान विश्वप्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ। 

आकर्षक र सुविधासम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन्। यसका १५ सिटे भ्यानको मूल्य ८२ लाख ९९ हजार र १८ सिटे भ्यानको मूल्य ८६ लाख ९९ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ। 

यो मूल्य केही समयको लागिमात्र लागु हुने कम्पनीको भनाइ छ। साथै नाडा अटो शोमा बुकिङ गर्नेहरुको लागि आकर्षक छुट सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन्।


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:२५
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend