बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टीभीएसको विद्युतीय स्कुटर आईक्युब नेपालमा सार्वजनिक, सिंगल चार्जमा सय किलोमिटर रेन्ज 

बुधबार, भदौ २७ २०८०
टीभीएसको विद्युतीय स्कुटर आईक्युब नेपालमा सार्वजनिक, सिंगल चार्जमा सय किलोमिटर रेन्ज 

३२ लिटरको अन्डर सिट स्टोरेज भएको आईक्युबले ७८ किमी प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०-४० किमी प्रतिघण्टासम्म एक्सेलेरेसन दिने कम्पनीको दाबी छ। 

काठमाडौं- टीभीएसको विद्युतीय स्कुटर आईक्युब नेपाली बजारमा भित्रिएको छ। टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा जारी नाडा अटो शोमा सार्वजनिक गरेको छ। 

दुई पांग्रे साधनमा नेपाली बजारमा रुचाइएको ब्रान्ड टीभीएसको यो विद्युतीय सेगमेन्टमा भने पहिलो उत्पादन हो। टीभीएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ। पाँच कलर भेरियन्टबाट उपलब्ध भएको आईक्युबले एक पटकको चार्जमा सय किलोमिटरको यात्रा गर्न मिल्ने कम्पनीको दाबी छ। 

३२ लिटरको अन्डर सिट स्टोरेज भएको आईक्युबले ७८ किमी प्रतिघण्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०-४० किमी प्रतिघण्टासम्म एक्सेलेरेसन दिने कम्पनीको दाबी छ। 

३.४ किलोवाट आवर क्षमताको लिथियम-आयन रसायनको दुई ब्याट्री प्याक छन्। स्कुटरको ब्याट्री चार्ज गर्नका लागि ० देखि ८० प्रतिशतसम्म साढे चार घण्टामा हुने कम्पनीको भनाइ छ। 

नेपाली बजारमा यो स्कुटरको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। 

स्कुटरका विशेषता यस्ता छन् : 

  • ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क 
  • ३.३४ किलोवाटको रेटेड पावर
  • ७८ किमी/घण्टाको  स्पिड
  • ४.२ सेकेन्डमा ०-४० किमी/घन्टा एक्सेलेरेशन  
  • १०० किलोमिटरको एकल चार्जको रेन्ज
  • रिभर्स/फर्वाड पार्किङ असिस्ट 
  • ७ टिएफटि क्लस्टर, ५-वे जोइस्टिकको साथ म्युजिक प्लेयर नियन्त्रण
  • नाइट मोड
  • स्मार्ट हेलमेट कनेक्टिभिटी 
  • आगमन कल/एसएमएस अलर्ट
  • क्लस्टरमा कागजात स्टोरेज
  • ३२ लिटर अन्डरसीट स्टोरेज
  • १० डिग्रीको ग्रेडेबिलिटी 


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:१७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend