बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय गाडीले उज्यालिएको नाडा अटो शो (तस्बिरहरू)

मंगलबार, भदौ २६ २०८०
विद्युतीय गाडीले उज्यालिएको नाडा अटो शो (तस्बिरहरू)

नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालिएको छ। दुई पांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रकसम्म प्रदर्शनीका लागि राखिएको छ। 

काठमाडौं- म‌ंगलबारबाट 'नाडा अटो शो २०२३' सुरु भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। 

‘नाडा अटो शो २०२३’ लाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले देशकै सबैभन्दा ठूलो शो भनेको छ। यो वर्षको नाडा अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिएका छन्। पहिलो दिन नै अटो शोमा राखिएका विद्युतीय सवारीमा आगन्तुकको भिड लागेको छ।

अधिकांश ब्रान्डले नयाँ तथा यसअघि सार्वजनिक भएको विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन्। त्यसैले नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालिएको छ। दुई पांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रकसम्म प्रदर्शनीका लागि राखिएको छ।

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेका हुन्। त्यस्तै दर्जनौँ कम्पनीले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरू सार्वजनिक गरेका थिए।  

auto show 023 (9).jpg

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी भएकाले यसलाई सहज र व्यवस्थित बनाइएको नाडा अटो शो २०२३ का संयोजक अनुपकुमार बरालले बताए। अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीका नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी पाउन सकिने बरालको भनाइ छ। 

यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाको भनाइ छ। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। 

प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा छन्। 

auto show 023 (10).jpg

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका छन्। नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ भदौ २६ मा सुरु भएको र ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डपमा चल्ने छ।  

नाडा अटो शोे २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरेको हो। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।

auto show 023 (2).jpg
auto show 023 (3).jpg
auto show 023 (5).jpg
auto show 023 (4).jpg
auto show 023 (6).jpg
auto show 023 (7).jpg
auto show 023 (8).jpg
auto show 023 (11).jpg
auto show 023 (12).jpg
auto show 023 (13).jpg
auto show 023 (14).jpg
auto show 023 (15).jpg
auto show 023 (16).jpg
auto show 023 (17).jpg
auto show 023 (18).jpg
auto show 023 (19).jpg
auto show 023 (20).jpg
auto show 023 (21).jpg
auto show 023 (22).jpg
auto show 023 (23).jpg
auto show 023 (24).jpg
auto show 023 (25).jpg
auto show 023 (26).jpg
auto show 023 (28).jpg
auto show 023 (27).jpg


प्रकाशित : मंगलबार, भदौ २६ २०८०१३:०३
  • सम्बन्धित विषय:

  • # nada
  • # nada auto show2023
  • # biznessnews


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend