मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट

मंगलबार, भदौ २६ २०८०
एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट

एभरेष्ट बैंक लिमिटेडका ग्राहकले चाबहिलस्थित ओम अस्पतालका १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडका ग्राहकले चाबहिलस्थित ओम अस्पतालका १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

एभरेष्ट बैंक र ओम अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन्।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन्। यो सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट आईपीडी डायग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु छन् भने १२७ शाखा सञ्जाल छ। 


प्रकाशित : मंगलबार, भदौ २६ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend