बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

'मदिराको विज्ञापन गर्नेलाई कारबाही गर्छौं'

images
बुधबार, मंसिर १ २०७८
images
'मदिराको विज्ञापन गर्नेलाई कारबाही गर्छौं'

बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए। 

images
images

काठमाडौं- विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले बोर्डको सूचनालाई अटेर गरेर मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गरिने बताएका छन्। 

images
images
images

अध्यक्ष हुमागाइँले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरूमा मदिराजन्य पदार्थको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानून बमोजिम कारबाही गरिने बताएका हुन्। 

images
images

बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए। 

images
images

यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा बिरोध गरेको छ। राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए।

उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए। अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरूलाई कानून बमोजिम कारबाही गर्न माग गरे।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए। उनले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताउँदै भएको कानूनलाई लागू गराउनु पर्ने बताए। अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरूमा मदिरा लगायत कुनै चिजहरूको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए।


प्रकाशित : बुधबार, मंसिर १ २०७८०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend