बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईफोन फिफ्टिन सिरिज आज सार्वजनिक हुने, टाइप सी चार्जिङ पोर्ट र जुम लेन्स मुख्य परिवर्तन हुनसक्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २६ २०८०
आईफोन फिफ्टिन सिरिज आज सार्वजनिक हुने, टाइप सी चार्जिङ पोर्ट र जुम लेन्स मुख्य परिवर्तन हुनसक्ने

आइफोन फिफ्टिनमा बेसिक क्यामेरा ४८ मेगा पिक्सेल र प्रो भर्सनमा जुम लेन्स हुनसक्ने छ। 

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी एप्पलले आज नयाँ आइफोन मोडल आज सार्वजनिक गर्ने भएको छ। वार्षिक रुपमा आयोजना हुने फ्ल्यागसिप इभेन्ट मार्फत एप्पलले आज नयाँ आइफोन सार्वजनिक गर्दै छ। 

आजको कार्यक्रम मार्फत एप्पलले डिभाइस तथा सफ्टवेयर पनि सार्वजनिक गर्दै छ। आइफोन, स्मार्टवाच, एयरपड, आइप्याड, आईम्याक र म्याकबुकमा पनि केही नयाँ मोडल सार्वजनिक हुने छन्। 

एप्पलको आज हुने इभेन्ट युट्युबमा लाइभ हुनेछ र नेपाली समय अनुसार रातको ११:४५ देखि सुरू हुने छ। 

आइफोन फिफ्टिनमा सबैभन्दा ठूलो परिवर्तन चार्जिङ पोर्टमा हुने अनुमान गरिएको छ। युरोपियन युनियनको नयाँ नियम अनुसार एप्पलले आइफोनमा लाइटिनिङ पोर्टको ठाउँमा युएसबी टाइप सी पोर्ट ल्याउने भएको छ। 

योसँगैल आईफोनमा पनि फास्ट चार्जिङ हुने छ। तर यसमा एप्पलले आफ्नै केबलबाटमात्र फास्ट चार्जिङको सुविधा हुने वा प्रो भर्सनमा मात्र यस्तो सुविधा हुनसक्ने बनाउने देखिएको छ। 

त्यस्तै नोचलेस डिस्प्लेन, ग्लास फिनिसको ठाउँमा म्याट फिनिस, टाटट्यानियम फ्रेम तथा थोरै कर्भ हुनसक्ने अनुमान गरिएको छ। आइफोन फिफ्टीनमा सबै फोनमा डाइनामिक आइल्याण्ड हुनसक्ने बताइएको छ। 

आइफोन फिफ्टिनमा बेसिक क्यामेरा ४८ मेगा पिक्सेल र प्रो भर्सनमा जुम लेन्स हुनसक्ने छ। 


प्रकाशित : मंगलबार, भदौ २६ २०८००९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend