बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

नेपाल पुनर्बिमाका सीईओको शेखर गोल्छालाई चुनौती : हिमालय रि- इन्स्योरेन्सलाई एक नम्बर बन्न दिँदैनौँ

images
बुधबार, मंसिर १ २०७८
images
नेपाल पुनर्बिमाका सीईओको शेखर गोल्छालाई चुनौती : हिमालय रि- इन्स्योरेन्सलाई एक नम्बर बन्न दिँदैनौँ

कार्यक्रममा बोल्दै रायमाझीले गोल्छाप्रति इंगित गर्दै हिमालयनलाई उछिन्न नदिने बताएका हुन्।

images
images

काठमाडौं- नेपाल पुनर्बिमाका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले हिमालय इन्स्योरेन्सका अध्यक्षलाई चुनौती दिएका छन्। 

images
images
images

१० औँ कर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले हिमालय रि- इन्स्योरेन्सलाई एक नम्बर बन्न नदिने बताएका छन्। 

images
images

'हामी निरन्तर एक नम्बरमा छौँ। त्यसैले धेरै कर तिर्दै आएका छौँ। अब पनि हामी एक नम्बर बनिरहन्छौँ' उनले भने' अब अर्को पुनर्बिमा कम्पनी पनि आएको छ। तर हामी उछिन्न दिँदैनौँ।' 

images
images

गोल्छासमेत सहभागी कार्यक्रममा बोल्दै रायमाझीले गोल्छाप्रति इंगित गर्दै हिमालयलाई उछिन्न नदिने बताएका हुन्।

'अर्को पुनर्बिमा कम्पनीका अध्यक्ष शेखर गोल्छा जी यही हुनुहुन्छ। व्यक्तिगत रुपमा नलिनुहोला। तर हामी यति राम्रो काम गर्छौं कि अरुलाई उछिन्नै दिँदैनौँ' उनले भने। 

बीमा व्यवसाय गर्ने कम्पनीमध्येबाट सबैभन्दा धेरै आयकर बुझाएको भन्दै नेपाल पुनर्बिमालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको थियो। उक्त सम्मानपछि कार्यक्रममा बोल्दै रायमाझीले आफूहरूले अहिलेको अब्बल कामलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जानकारी दिए। 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend