मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना, पाँच लाखसम्म जित्ने अवसर

मंगलबार, भदौ २६ २०८०
बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना, पाँच लाखसम्म जित्ने अवसर

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाख रूपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनाले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी उपभोक्तामाझ नयाँ योजना 'बर्जर हाम्रो घर हाम्रो शान' ल्याएको छ।

उल्लासमय पर्व दशैं र तिहारलाई लक्षित गरी बर्जरले नयाँ योजना सार्वजनिक गरेको हो। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाख रूपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनाले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्।

यसबाहेक यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराइ विज्ञको सल्लाहअनुसार आफ्नो घर श्रृंगार गर्ने अवसर प्रदान गर्नेछ। साथै, डिजिटल प्रतियोगितामा भाग लिइ १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही २५ हजार रूपैयाँको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नेछन्।

यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ। यो इलास्टोमेरिक गुणहरूसहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँजस्ता मसिना दरारहरू छोप्न मद्दत गर्दछ। सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend