मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार, भदौ २६ २०८०
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय पाँच रूपैयाँ कायम छ।

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यो साता आइतबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले बढेको थियो। मंगलबार भने स्थिर रह्यो।

चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय पाँच रूपैयाँ कायम छ।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend