बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा टियागो ईभी सार्वजनिक, सुरुवाती मूल्य २१ लाख ९९ हजार 

मंगलबार, भदौ २६ २०८०
टाटा टियागो ईभी सार्वजनिक, सुरुवाती मूल्य २१ लाख ९९ हजार 

टियागो ईभी बुकिङका लागि सिप्रदीको वेवसाइट वा सिप्रदीको शोरुमबाट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार टियागो ईभीको सार्वजनिक भएको छ। नाडा अटो शो २०२३ को पहिलो दिन टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रतिक्षित विद्युतीय ह्याचब्याक कार टियागो ईभी सार्वजनिक गरेको हो।  

टाटा मोटर्सले भारतीय बजारमा टियागो ईभी २०२२ को सेप्टेम्बर २८ मा सार्वजनिक गरेको थियो। तर २०२३ जनवरीबाट मात्र टियागो ईभी उपभोक्तालाई हस्तान्तरण सुरु भएको थियो। भारतमा सार्वजनिक भएको एक वर्षपछि सिप्रदीले टियागो ईभी नेपाल ल्याएको हो। 

सिप्रदीले टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ। त्यस्तै टियागो ईभी हाइइन्डको मूल्य भने २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

गएको शुक्रबारबाटै सिप्रदीले टियागो ईभीको बुकिङ खुला गरिएको थियो। टियागो ईभी बुकिङका लागि सिप्रदीको वेवसाइट वा सिप्रदीको शोरुमबाट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। विद्युतीय कारप्रति चासो राख्ने धेरैले टियागो ईभी कहिले नेपाल आउँछ भन्ने बारेमा जिज्ञासा राख्दै आएका थिए। 

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ। सिप्रदीले १९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभी ल्याएको हो।  १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दिन्छ। 

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टियागो ईभी बुकिङ गर्ने उपभोक्ताले सेप्टेम्बर अन्त्यबाटै कार पाउने कम्पनी छन्।   

टाटा मोटर्सले भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो कार भएको टाटा मोटर्सको भनाइ छ। 

टाटा मोटर्सले बुकिङ खुला गरेको २४ घण्टामा टियागो ईभी १० हजार वटा बुकिङ भएको थियो। टियागो ईभी भारतका ४ सय ९१ सहरमा पुगेको र बिक्री भएका १० हजार कारले १ करोड १२ लाख किलोमिटर यात्रा तय गरेको छ। त्यस्तै यो यात्रामा १६ लाख ग्राम सीओटू उत्सर्जन बचत भएको छ।  

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। 

१५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।  


प्रकाशित : मंगलबार, भदौ २६ २०८००९:२९
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # tata ev
  • # tata tiago ev
  • # sipradi
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend