मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनाअन्तर्गत नाडा अटो शोमा विशेष छुट 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २६ २०८०
सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनाअन्तर्गत नाडा अटो शोमा विशेष छुट 

कम्पनीले नाडा अटो शो लक्षित गरि ६ दिनसम्म सुजुकीका कार खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट उपलब्ध गराउने छ।

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ल्याएको पर्वोत्सव योजनअन्तर्गत नाडा अटो शोमा विशेष छुट दिने भएको छ। 

सीजी मोटोपर्कले यस वर्षको दशैंतिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो। यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस पाउने छन्। 

कम्पनीले नाडा अटो शो लक्षित गरि ६ दिनसम्म सुजुकीका कार खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट उपलब्ध गराउने छ। यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागु हुनेछ।

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागु हुनेछन्। नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।  

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको छ।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend