मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

वाणिज्य बैंकले ल्यायो 'आरबीबीएल ईभी लोन फेस्टिभ अफर'

सोमबार, भदौ २५ २०८०
वाणिज्य बैंकले ल्यायो 'आरबीबीएल ईभी लोन फेस्टिभ अफर'

यो अफरका लागि ग्राहकले योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने बैंकले जनाएको छ। 

काठमाडौं- चाडपर्वहरु नजिकिँदै गर्दा विभिन्न संस्था तथा कम्पनीहरुले धमाधम अफर सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले पनि चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ।

वाणिज्य बैंकले भदौ २६ गतेदेखि लागु हुने गरी 'यो वर्षको फेस्टिभ जोन आरबीबीको ईभी लोन' भन्ने नाराका साथ 'आरबीबीएल ईभी लोन फेस्टिभ अफर' सार्वजनिक गरेको हो।

यस अफरअन्तर्गत सबैभन्दा न्यून ब्याजदर ९.९५ प्रतिशत, ०.२५ प्रतिशत प्रशोधन शुल्क, अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सीमा एक करोड रहेको छ।

पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अफर ल्याइएको बैंकले जनाएको छ।

यो अफरका लागि ग्राहकले योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने बैंकले जनाएको छ। 


प्रकाशित : सोमबार, भदौ २५ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend