मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमबार, भदौ २५ २०८०
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

चाँदी आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा साताको पहिलो कारोबारमा घटेको सुनको मूल्य दोस्रो दिन सामान्य वृद्धि भएको छ। आइतबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले बढेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, भदौ २५ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend