मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

अनुसन्धानका लागि काठमाडौं विश्व विद्यालयले २ लाख रुपैयाँसम्म अनुदान दिने 

सोमबार, भदौ २५ २०८०
अनुसन्धानका लागि काठमाडौं विश्व विद्यालयले २ लाख रुपैयाँसम्म अनुदान दिने 

अनुदानका लागि प्रस्ताव आव्हान गरिएको छ। यसमा  सेप्टेम्बर १५ सम्म आवेदन दिन सकिने छ। 

काठमाडौं- काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले अनुसन्धानका लागि २ लाख रुपैयाँसम्मको अनुदान दिने भएको छ। 

स्नातक, एमफील,पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ। कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम अन्तर्गत अनुदान दिने भएको छ। 

अनुदानका लागि प्रस्ताव आव्हान गरिएको छ। यसमा  सेप्टेम्बर १५ सम्म आवेदन दिन सकिने छ। 

२ लाख अनुदान समेत प्रदान गर्ने र अनुसन्धानको प्रकृतिअनसार थप गर्न सकिने कुसोमका रजिष्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए। कुसोमले गत वर्षसमेत ४ वटा अनुसन्धानको लागि अनुदान दिएको छ। कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।

कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयहरूसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ। कुसोमले ‘एआईबी साउथ एसिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एसियाली राष्ट्रहरु (बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंका) को सहभागिता रहनेछ। 


प्रकाशित : सोमबार, भदौ २५ २०८००४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend