मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

आइतबार, भदौ २४ २०८०
महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।

बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति वितरण गरेको हो।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित उक्त छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

प्रकाशित : आइतबार, भदौ २४ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend