मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एमएडब्लू एक्सपान्जेले सार्वजनिक गर्‍यो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २४ २०८०
एमएडब्लू एक्सपान्जेले सार्वजनिक गर्‍यो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया

यो प्रिमियम सेडान क्रिस्टल ब्लू, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल लगायतका आकर्षक कलरमा उपलब्ध छ।

काठमाडौं- नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू एक्सपान्जे प्रालिले आइतबार आफ्नो नयाँ प्रिमियम सेडान स्लाभिया सार्वजनिक गरेको छ। नयाँ स्कोडा स्लाभिया दुई ट्रान्समिसन अप्सन र तीन भेरियन्टमा उपलब्ध हुनेछ। 

यसको डिफरेन्ट डिजाइन र प्रिमियम फिचरले दुई दशकदेखि नेपाललाई विश्वस्तरीय सेडान उपलब्ध गराउँदै आएको स्कोडाको विरासतलाई कायम गर्ने अपेक्षा छ। 

‘स्लाभिया भिडमा आफ्नो फरक छवि बनाउन चाहनेका लागि डिजाइन गरिएको प्रिमियम मिड साइज सेडान हो। स्कोडाको स्लिक डिजाइन रहेको स्लाभियामा आधुनिक र किफायती इन्जिन जडान गरिएको छ। साथै मजबुत सुरक्षाका लागि परिचित स्कोडाले यसको सुरक्षामा कुनै कम्प्रोमाइज गरिएको छैन,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने।  

नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्री सिलिन्डर ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक टर्बो पेट्रोल इन्जिनले १ सय १५ पीएस पावर र १ सय ७८ एनएम टर्क उत्पन्न गर्छ। टीएसआई इन्जिनलाई मितव्ययी मानिन्छ जसले १९.४७ किलोमिटरको माइलेज दिन्छ। साथै यसले १०.७ सेकेन्डमा १ सय किलोमिटर प्रति घन्टाको गति लिन सक्छ।

स्लाभिया सेग्मेन्टकै सबैभन्दा ठूलो सेडान हो जसले पाँच वयस्क यात्रीलाई पर्याप्त हेड, सोल्जर र लेगरुम प्रत्याभुत गर्छ। साथै यसको ग्राउन्ड क्लेरेन्स १ सय ७९ एमएम रहेको छ जुन सेग्मेन्टमै सबैभन्दा बढी र नेपाली सडकको अवस्था सुहाउँदो छ। 

स्लाभियामा ६ एअर ब्याग, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम, मल्टि कोलिजन ब्रेक, पार्किङ सेन्सर, अटोमेटिक ब्रेक डिस्क क्लिनिङ फंक्सन, रियर भ्यु क्यामेरा, टायर प्रेसर मनिटरिंग, हिल होल्ड कन्ट्रोल, क्रयुज कन्ट्रोल, अटो हेडल्याम्प र वाइपरजस्ता सुरक्षाका विशेषता छन्। उत्कृष्ट सुरक्षाका कारण स्लाभियाले ग्लोबल एनसीएपी रेटिङगमा ५ स्टार हासिल गरेको छ।

ड्यास बोर्डको बीचमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १० इन्चको एड्भान्स्ड टचस्क्रिन, ८ इन्चको डिजिटल ककपिट, रियर पेसेन्जर डुअल एसी भेन्ट, डुअल युएसबी पोर्ट पनि रहेको छ। 

यो प्रिमियम सेडान क्रिस्टल ब्लू, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल लगायतका आकर्षक कलरमा उपलब्ध छ। यो कारको सुरुवाती मूल्य ४९ लाख ४० हजार रुपैयाँ र अधिकतम मूल्य ७४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। 


प्रकाशित : आइतबार, भदौ २४ २०८०११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend