मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

‘एमआरसीपी युके पेसेस’ पूर्वअभ्यास परीक्षा गर्ने नेपालकै पहिलो बन्यो मेडिसिटी अस्पताल

आइतबार, भदौ २४ २०८०
‘एमआरसीपी युके पेसेस’ पूर्वअभ्यास परीक्षा गर्ने नेपालकै पहिलो बन्यो मेडिसिटी अस्पताल

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए।

काठमाडौं- नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ।नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युकेसँगको सहकार्यमा एमआरसिपी युके प्राक्टिकल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेसको पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको हो।

सेप्टेम्बर ७ र ८ तारिख भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरूले सहभागिता जनाएको अस्पतालले जनाएको छ। एमआरसिपी युके पेसेस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ।

फेडेरेशन अफ द रोयल कलेज अफ फिजिसिएन्स, युकेले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ। अस्पतालकाअनुसार त्यहाँ पाँच स्टेशनहरू थिए, जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीहरूको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए।

‘उक्तस्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन मात्र गर्दैन। तर, यसले बिरामी सुरक्षाका मुद्दाहरू र सञ्चारलगायत सफ्ट स्किलहरू पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुर्याउँदछ। यस परीक्षा सञ्चालन गर्नु देशको लागि एक उपलब्धी हो। रोयल कलेज अफ फिजिसिएन्स जस्तो ५ शताब्दीभन्दा लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पताललाई गरेको विश्वासलाई निकै ठूलो उपलब्धीको रूपमा हेरेको छु,’ उनले भने। 

फेडेरेशन अफ द रोयल कलेजज अफ फिजिसिएन्स अफ द युनाइडेट किंङडमका प्रतिनिधिहरू डा. तञ्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीकाअनुसार उक्त पूर्वअभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ।

मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकटभविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ। यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरूको आवश्यकत्ता मात्र नभई छिमेकी दक्षिण एशियाली देशका उम्मेदवारहरूलाई पनि फाइदा पुर्याउनेछ भन्ने अस्पतालको विश्वास छ।


प्रकाशित : आइतबार, भदौ २४ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend