बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

एक वर्ष बित्दा पनि मजदूरले ज्याला पाएनन्

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १ २०७८
images
एक वर्ष बित्दा पनि मजदूरले ज्याला पाएनन्

मजदूरले दैनिक ४ सय रुपैयाँका दरले भवन निर्माणमा काम गरेका थिए।

images
images

डोटी- डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदूरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदूरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन्। 

images
images
images

विसं २०७७ मा १ करोड ७० लाख रुपैयाँमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो। निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदूरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन। भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए। उनले भने, 'भवन हस्तान्तरण भइसकेको छ, मजदूरको ज्याला बाँकी नै छ।'

images
images

मजदूरले दैनिक ४ सय रुपैयाँका दरले भवन निर्माणमा काम गरेका थिए। पूर्वीचौकी गाउँपालिका-२ का हीरादेवी ओली मजदूरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताउँछिन्।

images
images

पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए। उनले भने, 'सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ।' प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए। घर नजिकै रोजगारी पाएपछि खुशी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन्। रासस


प्रकाशित : बुधबार, मंसिर १ २०७८०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend