शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

लालबन्दीबाट एक महिनामा १४ करोड ३९ लाखको तरकारी निकासी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २४ २०८०
लालबन्दीबाट एक महिनामा १४ करोड ३९ लाखको तरकारी निकासी

लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गर्दछ।

सर्लाही- लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १४ करोड रूपैयाँभन्दा बढीको तरकारी निकासी गरेको छ। 

लालबन्दी नगरपालिका-७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिना साउनमा १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार आव २०८०/८१ को पहिलो महिना साउनमा दुई करोड ८९ लाख नौ हजार छ सय किलो तरकारीबाट १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकास भएको हो।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए।

उनका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ।

संघीय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलगोभी, बन्दा, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडे खुर्सानीलगायतका तरकारी निकासी हुने गरेको समितिले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ २४ २०८००५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend