मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य प्रतितोला चारसयले घट्यो

आइतबार, भदौ २४ २०८०
सुनको मूल्य प्रतितोला चारसयले घट्यो

आज चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा साताको पहिलो दिन कारोबारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : आइतबार, भदौ २४ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend