बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

आरम्भ चौतारी र देउराली लघुवित्तले सुरु गरे एकीकृत कारोबार

images
बुधबार, मंसिर १ २०७८
images
आरम्भ चौतारी र देउराली लघुवित्तले सुरु गरे एकीकृत कारोबार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ।

images
images

काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ।

images
images
images

दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ।  

images
images

एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। संस्थामा ९२ हजार ९५२ ऋणी छन्। यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन  एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ।

images
images

संस्थाको  पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ। एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ।

संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए। 

संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु  ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताए। देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए। 

सो अवसरमा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले, विभागीय प्रमुख विमल खनाल, देउराली लघुवित्त संस्थाका सञ्चालक समिति सदस्य दामोदर रेग्मीलगायतले कारोबार सफलताको शुभकामना दिए।

संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ। 
रासस


प्रकाशित : बुधबार, मंसिर १ २०७८०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend