मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एनआईसी एसियाले ल्यायो 'फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल हातमा' अफर, कनेक्ट आईपीएसमार्फत पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

शनिबार, भदौ २३ २०८०
एनआईसी एसियाले ल्यायो 'फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल हातमा' अफर, कनेक्ट आईपीएसमार्फत पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

यो अफर भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा 'फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल हातमा' अफर ल्याएको छ।

यो अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन्।

भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक यूजिङ कनेक्ट आईपीएस छनोट गर्नुपर्छ। यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ। मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार ३ लाख रूपैयाँसम्म ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ।


प्रकाशित : शनिबार, भदौ २३ २०८००८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend