मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

वुलिङ एयर ईभी किन्न नबिल बैंकले मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २२ २०८०
वुलिङ एयर ईभी किन्न नबिल बैंकले मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं- नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ।

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नबिल बैंकका तर्फबाट बैंकका प्रतिनिधि र कम्पनीको तर्फबाट कम्पनीको प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतभन्दा बढीसम्म कर्जा उपलब्ध गराउने छ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।  

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिं इन्डोनेसियामा लोकप्रिय रहेको विद्युतीय कार हो।

ग्लोबल स्मार्ट विद्युतीय भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त सो विद्युतीय कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो विद्युतीय कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल वुलिङ विङ्गो फोर डुयर इभी पनि नेपालि बजार मा लन्च गर्ने तयारी गरेको कुरा कम्पनी का एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी दिएका छन्।


प्रकाशित : शुक्रबार, भदौ २२ २०८००५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend