मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

बिहीबार , भदौ २१ २०८०
एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नाो सामाजिक उत्तरदायित्तव अन्तर्गत गोरखामा आयोजित एक विशेष कार्यक्रमका बीच पाँच लाख रूपैयाँ सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए।

आश्रमको गण्डकी प्रदेशका संयोजक मुनाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन्।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक ईश्वर काजी मास्केको उपस्थिति रहेको थियो। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend