बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

बिहीबार , भदौ २१ २०८०
चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं- नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अडानी ग्रुपबीच दुई देशबीच सिमेन्ट बिजनेसको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरू गरेका हुन्।

नेपालसँग जोडिएको छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पणलाई दर्शाउँछ।

chaudhari group.jpeg
undefined

चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रियरूपले योगदान दिँदै नेपाल-भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’, प्रबन्ध निर्देशक चौधरीले भने।


प्रकाशित : बिहीबार , भदौ २१ २०८०१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend