मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

हुन्डाईको फेष्टिभ डिलाइट २०८० योजना : हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्म छुट, अरु के-के छन् सुविधा?

बिहीबार , भदौ २१ २०८०
हुन्डाईको फेष्टिभ डिलाइट २०८० योजना : हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्म छुट, अरु के-के छन् सुविधा?

भदौ २१ देखि सुरु भएको हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेहरुले पनि यो योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- हुन्डाई गाडीका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ-तिहार लक्षित 'फेष्टिभ डिलाईट २०८०' योजना सार्वजनिक गरेको छ।

आफ्ना ग्राहकहरुको दसैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ। यस वर्ष पनि यहि परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई एसयूभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन। 

भदौ २१ देखि सुरु भएको हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेहरुले पनि यो योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी५ स्टल भ्रमण गरी हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिंग उपलब्ध छ।

यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागु हुनेछ।

प्रकाशित : बिहीबार , भदौ २१ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend