मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

टोयोटा 'विजय उत्सव' आजबाट सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २१ २०८०
टोयोटा 'विजय उत्सव' आजबाट सुरु

दशैँ २०८०  लाई लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, विभिन्न उपहारहरुसमेत पाउने छन्। 

काठमाडौं- नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भदौ २१ अर्थात आजदेखि भदौ ३० गतेसम्मका लागि आनन्दनगर स्थित आफ्नो टोयोटा शोरुममा 'टोयोटा विजय उत्सव' आयोजना गरेको छ।

दशैँ २०८०  लाई लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, विभिन्न उपहारहरुसमेत पाउने छन्। 

यस टोयोटा विजय उत्सवमा  हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै लकी ड्रमार्फत उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ। दशैँ नजिकिँदै गरेको क्षणमा यूटीएससित पर्याप्त स्टक रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोधसमेत गरेका छ। 

साथै यस विजय उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति नबिल बैंक र एभेरेस्ट बैंक लिमिटेडसँग बैंकिङ फाइनान्सको पनि ब्यबस्था गरिएको छ।

यस  वर्ष ग्राहकले टोयोटाको उपस्थिति  नाडामा  देख्न  छैनन्। टोयोटाको ग्लोबल भिजन 'मोबिलिटी फोर अल'लाई सहयोग गर्दै यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत ल्याएको छ। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend