बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘स्काइवेल’ विद्युतीय ब्रान्डसहित कार आयात व्यापारमा जी मोटर्सको प्रवेश 

सुरुमा प्रिमियम विद्युतीय एसयूभी ईटी फाइभ ल्याउने

बिहीबार , भदौ २१ २०८०
‘स्काइवेल’ विद्युतीय ब्रान्डसहित कार आयात व्यापारमा जी मोटर्सको प्रवेश 

स्काइवेल ईटी फाइभले एक पटकको फुल चारर्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।  

काठमाडौं- नेपाली बजारमा नयाँ विद्युतीय सवारी ब्रान्ड भित्रिएको छ। चिनियाँ सवारी उत्पादक कम्पनी स्काइवेलका विद्युतीय सवारी नेपाली बजारमा आउने भएको छन्। 

स्काइवेल ब्रान्ड जी मोटर्सले नेपाली बजारमा भित्र्याएको हो। जी मोटर्स आधिकारिक बिक्रेता नियुक्त भएसँगै कार आयातको प्रक्रिया सुरु गरिसकेको छ। यही भदौ २६ गतेदेखि भृकुटी मण्डपमा हुने नाडा अटो शो २०२३ मा स्काइवेल ब्रान्ड औपचारिक रुपमा सार्वजनिक हुने तय भएको छ। 

कम्पनीले नेपाल ल्याउन लागेको विद्युतीय ब्रान्ड स्काइवेलका कार चीनमा उत्पादन भएका हुन्। विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न जी मोटर्सले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको र यो उच्च प्रविधियुक्त विद्युतीय सवारी ब्रान्ड हो। 

skyewell et5.jpg

स्काइवेल ब्रान्डको ईटी फाइभ विद्युतीय एसयूभी नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने विद्युतीय एसयूभी हुनेछ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चारर्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।  

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध हुने छ। 

जी मोटर्सले बिहीबार एक कार्यक्रम गरेर औपचारिक रुपमा स्काइवेल ब्रान्ड ल्याएको सार्वजनिक गर्ने तयारी गरेको छ। स्काइवेल ईटी फाइभमा केकस्ता विशेषता हुन्छन् र यसको मूल्यबारे भने कम्पनीले सार्वजनिक गरेको छैन। स्काइवेल ब्रान्ड बारे सार्वजनिकीकरण कार्यक्रममा मूल्य तथा ब्रान्ड बारे जी मोटर्सले सार्वजनिक गर्नेछ। 

जी मोटर्स २०७४ मा स्थापना भएको कम्पनी हो। स्थानीय बजारमा विभिन्न ब्रान्ड सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको हो। सरकारले विद्युतीय सवारीलाई प्रवर्घन गर्नेे नीति लिएको र आयातमा लाग्ने कर सहुलियत दिएका कार विद्युतीय सवारीको माग तथा आयात बढ्दै गएको छ।

सोही कुरालाई मध्यनजर गर्दै व्यवसायीहरुले नयाँ नयाँ विद्युतीय सवारी ब्रान्ड नेपाल भित्र्याउन लागि गरेका हुन्। प्रिमियम विद्युतीय सवारी उपभोक्तालाई आकर्षित गर्ने हेतुले जी मोटर्सले नेपाली बजारका लागि नयाँ प्रिमियम विद्युतीय सवारी ब्रान्ड ल्याएको हो। 

स्काइवेल बारे

Skyewell logo.jpg

स्काइवेल अटोमोबाइल २०१९ मा स्थापना भएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड हो। स्काइवेलको अंग्रेजी नारा स्काइवेलः अल इज वेल’ हो। २०२१ को अप्रिलमा कम्पनीले पहिलो विद्युतीय कार सार्वजनिक गरेको थियो। 

यो कम्पनीले सबै प्रकारका प्यासेन्जर तथा कमर्सियल सवारी उत्पादन गर्दछ। स्काइवेलले न्यू इनर्जी प्यासेन्जर सवारीका साथै लामो तथा मध्य आकारका बस, हलुका बस, लजिस्टिक सवारी तथा विशेष प्रकृतिका सवारीसमेत उत्पादन गर्दै आएको छ। 

स्काइवर्थ ग्रुप र नान्जिङ गोल्डेन ड्रागन बसको समेत सेयर स्वामित्व स्काइवेल अटोमोबाइलमा रहेकोछ। स्काइवर्थ ग्रुप १९८८ देखि विद्युतीय उपकरण उत्पादन गर्दै आएको कम्पनी हो। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८०००:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend