मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

बुधबार, भदौ २० २०८०
आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १४ सय ३० रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। यो साता आइतबार र सोमबार बढेर मंगलबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला तीनसय रूपैयाँले घटेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १४ सय ३० रूपैयाँ कायम छ।

 


प्रकाशित : बुधबार, भदौ २० २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend