मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

टेकुमा भेस्पा अप्रिलियाको नयाँ शोरुम

मंगलबार, भदौ १९ २०८०
टेकुमा भेस्पा अप्रिलियाको नयाँ शोरुम

भदौ २६ बाट हुने नाडा अटो शो २०२३ मा अप्रिलिया एसआर १६० बीएस सिक्स स्कुटर सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ।

काठमाडौं- टेकुमा भेस्पा तथा अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा आएको छ। भेस्पा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। 

उक्त शोरुम डेल्टा अटोकर्पका अध्यक्ष पुल्कित भिमसरिया, निर्देशक विवेक सिकारीया र केतन भिमसरिया र कम्पनीका निर्देशक तथा सीईओ विजयकुमार महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

डेल्टाले विभिन्न स्थानमा भेस्पा अप्रिलियाका शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने कम्पनीका निर्देशक तथा सीईओ महतोले जनकारी दिए। ‘उपभोक्तालाई सहज र सरल तरिकाले भेस्पा अप्रिलियाका स्कुटर तथा मोटरसाइकल र त्यसको सर्भिस उपलब्ध गराउन हामी विभिन्न स्थानमा सर्भिस सेन्टर र शोरुम सञ्चालनमा ल्याउँदैछौँ,’ महतोले भने। साथै उनले भेस्पा अप्रिलियाका नयाँ मोडल पनि छिट्टै बजारमा आउने बताए। 

भदौ २६ बाट हुने नाडा अटो शो २०२३ मा अप्रिलिया एसआर १६० बीएस सिक्स स्कुटर सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको जनाएको छ। 

भेस्पा अप्रिलियाको काठमाडौं उपत्पकाका विभिन्न स्थान र उपत्यका बाहिर ५० भन्दा बढी ठाउँबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : मंगलबार, भदौ १९ २०८००६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend