मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी संस्थामा विशेष छुट

मंगलबार, भदौ १९ २०८०
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी संस्थामा विशेष छुट

काठमाडौं- महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्टलगायत क्षेत्रका संस्थाहरुसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौतापश्चात् महालक्ष्मी बैंकका डेविट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

जनकपुरमा रहेको नवजीवन अस्पतालका सेवामा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र हेल्थ प्याकेजमा २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस्तै हेटौँडास्थित क्राउन्स कलेक्सनमा १० प्रतिशत, भैरहवामा रहेको न्यू बीजी बिन्समा १० प्रतिशत, मकवानपुरको मनहरी-७ स्थित मनहरी हेयर एण्ड ब्यूटी यूनिसेक्स सलोन र काठमाडौंको कोटेश्वरस्थित हुक हस्पिटालिटीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको विश्वास छ।


प्रकाशित : मंगलबार, भदौ १९ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend