बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चितवनमा भदौ २१ देखि 'सफ्ट टेक चितवन २०८०' सञ्चालन हुने

सोमबार, भदौ १८ २०८०
चितवनमा भदौ २१ देखि 'सफ्ट टेक चितवन २०८०' सञ्चालन हुने

मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

नारायणगढ- उद्योग वाणिज्य संघ चितवन र कम्युटर एसोसिएसन महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० आयोजना हुने भएको छ। 

नव उद्योमी र उद्योग प्रवर्द्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइएको। ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटीसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन्।

उद्योग वाणिज्य संघ चितवनको परिसरमा आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था औद्योगीक तथा व्यापारिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि मेला आयोजना गरीएको महासंघ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए।

उनका अनुसार मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। चितवन र छिमेकी जिल्लामा गरी सफ्टवयर निर्माणका लागि १२ वटा कम्पनीले काम गर्दै आएका छन्। साथै यी क्षेत्रमा १२ वटा कलेजमा आईटीसम्बन्धी पठनपाठन हुँदै आएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। चितवन र यस आसपासका कलेजबाट आईटीसम्बन्धी वार्षिक दुई हजार जनशक्ति उत्पादन हुँदै आएको उनको भनाइ छ।

श्रेष्ठले चितवनलाई आईटी हवका रुपमा विकासका लागि मेला आयोजना गर्न लागिएको बताए। मेलामा आइटिसम्बन्धी विभिन्न गोष्ठीसमेत सञ्चालन गरिनेछ। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend