आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

व्यावसायिक आयकरको सीमा : कति आम्दानी हुँदा कति कर तिर्ने?

images
बुधबार, मंसिर १ २०७८
images
व्यावसायिक आयकरको सीमा : कति आम्दानी हुँदा कति कर तिर्ने?
images
images

काठमाडौं- जुनसुकै व्यापार व्यवसाय गर्नेले पनि सरकारलाई व्यावसायिक आयकर तिर्नु पर्छ। जसरी रोजगारीमा आयकर लगाउने गरेको छ, सरकरले व्यवसायमा पनि आयकर लगाउँदै आएको छ।

images
images
images

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/०७९ का लागि आयअनुसारको व्यवसाय कर तय गरेको छ। व्यवसाय करमा पनि एकल र दम्पतीको हकमा भनेर वर्गीकरण गरेको छ।

images
images

व्यवसाय गरेर वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने एकल व्यक्ति र ४ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने दम्पतीको हकमा भने कर लाग्दैन।

images
images

तर  एकल व्यक्तिले व्यवसाय गरी वार्षिक ४ लाखभन्दा बढीदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दा सरकारलाई १० प्रतिशत र दम्पतीको हकमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म १० प्रतिशत व्यवसाय आयकर तिर्नु पर्छ।

यसैगरी, एकलको हकमा ५ लाख देखि ७ लाख रुपैयाँको र दम्पतीको हकमा ५ लाख ५० हजार देखि ७ लाख ५० हजार रुपैयाँसम्म २० प्रतिशत व्यावसायिक आयकर तिर्नु पर्छ।

यसैगरी एकलको हकमा ७ लाख देखि २० लाख रुपैयाँसम्म र दम्पतीको हकमा ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा ३० प्रतिशत हुन आउने कम व्यसायिक आयकर तिर्नु पर्छ। २० लाखभन्दा बढीको आम्दानीमा भने एकल र दम्पती दुबै ३६ प्रतिशत व्यावसायिक आयकर तिर्नु पर्छ।

उदाहरणका लागि व्यवसायबाट वार्षिक २० लाख कमाउनेले कति व्यावसायिक आयकर तिर्ने पर्छ हिसाबमा हेरौँ

एकलको हकमा ४ लाखसम्म कुनै कर लाग्दैन। ४ देखि ५ लाखसम्म १० प्रतिशतका दरले १० हजार, ५ देखि ७ लाख रुपैयाँसम्ममा २० प्रतिशतका दरले ४० हजार, ७ लाखदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशतका दरले ३ लाख ९० हजार रुपैयाँ व्यवसाय आयकर तिर्नु पर्छ। यसरी व्यवसायबाट २० लाख रुपैयाँ कमाउनेले वार्षिक ४ लाख ४० हजार रुपैयाँ तिर्नु पर्छ।

दम्पतीको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म भने व्यावसायिक आयकर लाग्दैन। त्यसपछि ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म १० प्रतिशतका दरले १० हजार, ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म २० प्रतिशतका दरले  ४० हजार र ७ लाख ५० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशतका दरले  ३ लाख ७५ हजार रुपैयाँ व्यवसाय आयकर तिर्नु पर्छ। यसरी व्यवसायबाट वार्षिक २० लाख कमाउँदा व्यावसायिक आयकरमार्फत ४ लाख २५ हजार रुपैयाँ सरकारलाई तिर्नु पर्छ।


प्रकाशित : बुधबार, मंसिर १ २०७८०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend