मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा यासिर अरफिन

सोमबार, भदौ १८ २०८०
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा यासिर अरफिन

यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए। 

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्।

यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए। 

बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ। बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष) का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट) को जिम्मेवारीमा समेत थिए। बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सीएसमेत रहेको बताइएको छ।


प्रकाशित : सोमबार, भदौ १८ २०८००७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend