मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

नबिलको तीज अफर : 'नबिल प्रिमियम नारी बचत खाता' खोल्दा पाइन्छ यस्ता सुविधा

आइतबार, भदौ १७ २०८०
नबिलको तीज अफर :  'नबिल प्रिमियम नारी बचत खाता' खोल्दा पाइन्छ यस्ता सुविधा

साथै यस अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ।

काठमाडौं- नजिकिँदै गरेको नारीहरूको महान चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ।

यस अफरअन्तर्गत नबिल बैंकको 'नबिल प्रिमियम नारी बचत खाता' खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन्।

साथै यस अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ।

सीमित अवधिलाई ल्याइएको यस अफरअन्तर्गत, महिला ग्राहकवर्गले असोज १५, २०८० गते सम्ममा 'नबिल प्रिमियम नारी बचत खाता' खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन्।

१८ लाखभन्दा बढी सेवाग्राही रहेका नबिल बैंकले देशभरिको २ सय ६५ शाखा र २९८ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : आइतबार, भदौ १७ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend