मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

फुल लोड सामान बोकेर फोटोनको टीएम वान विद्युतीय ट्रक ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा सफल परीक्षण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १७ २०८०
फुल लोड सामान बोकेर फोटोनको टीएम वान विद्युतीय ट्रक ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा सफल परीक्षण

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्युतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ। 

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ। 

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।

उक्त टीएम वान विद्युतीय ट्रक एमएडब्लू वृद्धिले नाडा अटो शो २०२३ मा विशेष अफरका साथ प्रदर्शन गर्ने जनाएको छ।

प्रकाशित : आइतबार, भदौ १७ २०८००९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend