शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

व्यक्तिगत आयकरको सीमा : कति कमाउनेले राज्यलाई कति तिर्ने कर?

images
बुधबार, मंसिर १ २०७८
images
व्यक्तिगत आयकरको सीमा : कति कमाउनेले राज्यलाई कति तिर्ने कर?

व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। 

images
images

काठमाडौं- व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। 

images
images
images

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ।

images
images

सरकारले व्यक्तिगत आम्दानीमा वार्षिक ४ लाख रुपैयाँसम्म कमाउनेका लागि १ प्रतिशत आयकर लगाउँदै आएको छ। त्यस्तै विवाहित दम्पतीको हकमा भने वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दा १ प्रतिशत आयकर तिरे पुग्छ। 

images
images

वार्षिक ४ लाखदेखि ५ लाखसम्म आम्दानी गर्दा बीचको १ लाखमा १० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ। दम्पतीको हकमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँबीचको रकममा १० प्रतिशत आयकर लाग्ने व्यवस्था सरकारले गरेको छ। 

त्यस्तै ५ लाखभन्दा तर ७ लाख रुपैयाँसम्म कर योग्य आए भएमा यसबीचको २ लाख रुपैयाँमा २० प्रतिशत कर लाग्छ। त्यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँबीचको रकममा २० प्रतिशत आयकर लाग्छ। 

त्यस्तै व्यक्तिगत आम्दानी ७ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी भएमा यसबीचको १३ लाख रुपैयाँमा ३० प्रतिशत आयकर लाग्छ। त्यस्तै दम्पतीको हकमा ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँबीचको १२ लाख ५० हजार आम्दानीमा ३० प्रतिशत लाग्ने आयकर ऐनको संशोधित व्यवस्थामा उल्लेख छ। 

त्यस्तै २० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेमा यो भन्दा बढी रकममा ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ। दम्पती हुनेले गरेको आम्दानीमा समेत ३६ प्रतिशत नै लाग्छ। 

उदाहरणका लागि वार्षिक १० लाख आम्दानी गर्नेले अविवाहित र विवाहितले कति तिर्नु पर्छ त? कर हिसाब किताबमा हेरौं-

एकल व्यक्ति (अविवाहित)ले ४ लाख रुपैयाँसम्मको ४ हजार, ४ लाख देखि ५ लाखरुपैयाँसम्ममा १० प्रतिशतका दरले १० हजार, ५ लाखदेखि ७ लाख रुपैयाँ सम्ममा २० प्रतिशतका दरले ४० हजार रुपैयाँ र ७ लाखदेखि १० लाख रुपैयाँसम्मको ३० प्रतिशतको दरमा ९० हजार गरी कुल १ लाख ४४ हजार रुपैयाँ कर तिर्नु पर्छ।

यसैगरी विवाहितले ४ लाख ५० हजार रुपैयाँसम्मको ४ हजार ५ सय, ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्मको १० हजार, ५ लाख ५० हजार देखि ७ लाख ५० हजारसम्मको २० प्रतिशतले ४० हजार रुपैयाँ र ७ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म ३० प्रतिशतका दरले ७५ हजार गरी कुल १ लाख २९ हजार ५ सय रुपैयाँ कर राज्यलाई तिर्नु पर्छ।


प्रकाशित : बुधबार, मंसिर १ २०७८०१:३५
  • सम्बन्धित विषय:

  • # vat
  • # भ्याट कार्यान्वयनको २५ वर्ष
  • # finance
  • # कर विवरण
  • # biznessnews


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend