बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

अर्थमन्त्री र अध्यक्षसँग टसल भएपछि निर्मलहरि अधिकारीले राजस्व बोर्डबाट दिए राजीनामा 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
images
अर्थमन्त्री र अध्यक्षसँग टसल भएपछि निर्मलहरि अधिकारीले राजस्व बोर्डबाट दिए राजीनामा 

केपी ओली सरकारका पालमा गठन आदेशबाट गठन बोर्डमा सदस्य अधिकारी र अध्यक्षमा महेश दाहाल नियुक्त भएका थिए। 

images
images

काठमाडौं- राजस्व बोर्डका सदस्य निर्मलहरि अधिकारीले राजीनामा दिएका छन्। राजस्व नीति, करसम्बन्धि नीति,कर संरचना र कार्य प्रक्रियाको सामयिक मूल्यांकन गरी उपर्युक्त प्रणाली विकास गर्न आवश्यक अध्ययन गर्ने वा गराउनेगरी गठन भएको बोर्ड सदस्यबाट अधिकारीले राजीनामा दिएका हुन्। 

images
images
images

केपी ओली सरकारका पालमा गठन आदेशबाट गठन बोर्डमा सदस्य अधिकारी र अध्यक्षमा महेश दाहाल नियुक्त भएका थिए। 

images
images

राजस्व प्रशासनमा लामो समयको अनुभव भएका अधिकारीलाई सदस्य नियुक्त गरिए पनि राजस्वमा खासै दख्खल नभएका र योग्यता नपुगेका दाहाललाई अध्यक्ष बनाइएको थियो। 

images
images

अधिकारी अध्यक्ष दाहालको काम गर्ने शैलीसँग सुरुदेखि नै असन्तुष्ट थिए। 

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि अर्थ मन्त्रालयसँगै अधिकारीको असन्तुष्टि थियो। काँग्रेस सभापति देउवा नेतृत्वको सरकारमा माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएपछि अधिकारिको टसल सुरु भएको थियो। 

शर्माले राजस्वका सवालमा हावादारी घोषणा गर्ने र सोहीअनुसारको काम गर्नुपर्ने र कर्मचारीकै जस्तो व्यवाहर गर्न थालेपछि अधिकारी असन्तुष्ट बनेका थिए।


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend