बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलन मस्कले घोषणा गरे - अब एक्समा अडियो र भिडियो कलको सुविधा

बिहीबार , भदौ १४ २०८०
एलन मस्कले घोषणा गरे - अब एक्समा अडियो र भिडियो कलको सुविधा

काठमाडौं- एलन मस्‍कले 'एक्स'मा अडियो र भिडियो कल गर्न मिल्ने सुविधा थप्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। ट्वीटरका प्रमुख मस्कले फोन नम्बर नै आवश्यक नपर्ने गरी यस्तो सुविधा प्राप्त हुने जनाएका छन्। जुन विशेषता विशेष रहेको समेत उनले जनाएका छन्।

ट्वीटरलाई परिवर्तन गरेर एक्सका रुपमा यसमा काम गरिरहँदा मस्कले नयाँ नयाँ सुविधाहरू पनि थप्दै लगिरहेका छन्। 'टेक्स्ड बेस्ट' (अक्षरहरूमा विशेष काम हुने) सामाजिक सञ्जालका रुपमा चिनिएको माध्यमलाई व्यापक बनाउँदै मस्कले अडियो भिडियो कल गर्न मिल्ने अवस्थासम्म लग्न लागेका हुन्। त्यसका लागि आवश्यक तयारी र परीक्षणहरू भइसकेको छ। 

ट्वीटर डीएम फिडको दाहिनेतिर माथिल्लो भागमा दिइने कल संकेतमा क्लिक गरेर सजिलै भिडियो कल गर्न सकिने उल्लेख गरिएको छ। यस्तो सुविधा आईओएस, एन्ड्रोइड, म्याक र पीसीमा उपलब्ध हुने मस्कले जनाएका छन्। 


प्रकाशित : बिहीबार , भदौ १४ २०८००७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend