मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य तोलामा तीनसयले बढ्यो, चाँदीको घट्यो

बिहीबार , भदौ १४ २०८०
सुनको मूल्य तोलामा तीनसयले बढ्यो, चाँदीको घट्यो

चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ भने चाँदीको घटेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ १४ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend