बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

नेपालको विद्युत नेपालमै खपत गर्नुपर्छ, विद्युतीय गाडी र चुल्होमा अनुदान बढाउँछौँ : प्रधानमन्त्री देउवा

images
मंगलबार, कात्तिक ३० २०७८
images
नेपालको विद्युत नेपालमै खपत गर्नुपर्छ, विद्युतीय गाडी र चुल्होमा अनुदान बढाउँछौँ : प्रधानमन्त्री देउवा

सरकारले उपत्यकामा सञ्चालन गर्नका लागि ३ सय विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन इन्डक्सन चुलाे र इलेक्ट्रिक गाडीमा अनुदान बढाउने बताएका छन्। उनले देशभित्र उत्पादित विद्युत देशभित्रै खपत हुने गरी काम गर्नुपर्ने बताए। 

images
images
images

'नेपालको विद्युत भारतले किनिदिएन भने के गर्ने? हाम्रो देशको यति धेरै बिजुली छ। भारतले किन्छ भन्ने छैन,' उनले भने, 'नेपालको विद्युत नेपालमै खपत गर्नुपर्छ'  प्रधानमन्त्री देवाले भने।

images
images

स्वतन्त्र ऊर्जा उत्पादकहरुकाे संस्था (ईपान) काे २०‌‌औं साधारणसभामा प्रधानमन्त्री देउवाले इलेक्ट्रिक गाडीका साथै इलेक्ट्रिक चुल्होलगायतमा अनुदान दिन सरकार तयार रहेको बताएका हुन्।

images
images

‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। तपाईंहरू लाग्नुस्, अनुदान दिन तयार छौँ' प्रधानमन्त्री देउवाले भने। 

काठमाडौंमा धुवाँ र धुलो बढेकाले काठमाडौंबाट विद्युतीय बस सञ्चालन सुरु गरेर देशैभर विस्तार गर्न लागिएकाेसमेत प्रधानमन्त्री देउवाले बताए। 

सरकारले उपत्यकामा सञ्चालन गर्नका लागि तीन सय वटा विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएकाेले देशैभर विद्युतीय गाडी चलाउन पहल र सहजीकरण गरिने उनले बताए। 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend