मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

गल्फ लुब्रिकेन्टको ‘डिलर सेल्स एक्जुकेटिभ मिट २०८०’ सम्पन्न

बुधबार, भदौ १३ २०८०
गल्फ लुब्रिकेन्टको ‘डिलर सेल्स एक्जुकेटिभ मिट २०८०’ सम्पन्न

सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको  प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो।

काठमाडौं- नेपालमा ३९ वर्षको इतिहास भएको विश्व प्रख्यात र सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै आफ्नो डिलर सेल्स एक्जुकेटिभ मिट सम्पन्न गरेको छ।

पोखरामा आयोजित यो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः  एक मात्र यस्तो कार्यक्रम भएको कम्पनीले जनाएको छ। 

यो कार्यक्रममा नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जुकेटिभहरुको सहभागिता थियो। कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै उल्लेख छ। नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरोन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यो डिलर सेल्स एक्जुकेटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ। 

सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको  प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो। 

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार सेल्स  टिम लुब्रिकेन्ट मार्केटमा सबैभन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने  जिम्मेवारी कम्पनीको हो। एक प्रशिक्षित सेल्स एक्जुकेटिभले ग्राहकहरूलाई आफ्नो  लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ। यसले ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ। यो मिट सेल्स टिमलाई अझै बलियो बनाउन सहयोग पुग्ने विश्वास उनको छ। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।


प्रकाशित : बुधबार, भदौ १३ २०८००५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend