मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 

बुधबार, भदौ १३ २०८०
नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै वातावरण पनि रहेको जानकारी गराए। 

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन्। 

‘नेपालमा उर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरु छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु’ ढकालले भने। 

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै वातावरण पनि रहेको जानकारी गराए। 

नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उनको भनाई थियो । अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताए। 

 


प्रकाशित : बुधबार, भदौ १३ २०८००३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend