मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशतसम्म छुट

मंगलबार, भदौ १२ २०८०
एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशतसम्म छुट

सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र तिनका परिवारले समेत रिसोर्टमा विशेष छुट प्राउने बैंकले जनाएको छ। 

काठमाडौं- एभरेष्ट बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्ट धुलिखेलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएसँगै ग्राहकले रिसोर्टमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन्।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी र तिनका परिवारले समेत रिसोर्टमा विशेष छुट प्राउने बैंकले जनाएको छ। 

करिब १२ लाख ग्राहक रहेको एभरेष्ट बैंकको एक सय २७ वटा शाखा सञ्जाल छन् भने तीन वटा एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र एक सय ६२ वटा एटीएम सञ्चालनमा छन्। 

 


प्रकाशित : मंगलबार, भदौ १२ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend